|  

विष्णु पौडेललाई २० दिन थुना अनुमतिको माग

९ असार, काठमाडौं ।  सरकारी वकिलले पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ ।

पौडेललाई मंगलबार विशेष अदालतसमक्ष पेस गरिएको थियो । विशेष अदालतसमक्ष सरकारी वकिलले २० दिन थुना अनुमति मागे पनि पौडेलका कानुन व्यवसायीले जिम्मेवारी व्यक्ति भएका कारण भागेर जानसक्ने अवस्था नभएकाले हाजिर जमानीमा तारिखमा राख्न माग गरेका छन् ।

व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको आरोपमासम्पत्ति शुद्धीकरण विभागको सिफारिसअनुसार पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । अहिले सरकारी वकिलको बहस सकिएको छ ।