|  

महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन र लिएको फिर्ता गर्न सभापति लामिछानेको निर्देशन

९ असार, काठमाडौं ।  रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा गुट, उपगुट वा प्यानल नबनाई स्वस्थ प्रतिस्पर्धा गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार चितवनमा महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै सभापति लामिछानेले नेतृत्व चयनमा विवेक प्रयोग गर्न आग्रह गरे ।

साथै, प्रतिनिधि शुल्क नलिन र आर्थिक समस्या भएका प्रतिनिधिलाई बुझाइसकेको शुल्क फिर्ता गर्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।