|  

वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री

९ असार, काठमाडौं ।  इरानका राष्ट्रपति मसुद पेजेशकियान र विदेशमन्त्री अब्बास अराघची मंगलबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन् ।

इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज शरीफ तथा अन्य वरिष्ठ मन्त्रीहरूले स्वागत गरेका थिए। 

यो भ्रमण अमेरिका र इरानबिच गत सप्ताहान्त बुर्गेनस्टकमा भएको वार्तापछि भएको हो । पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए।