|  

इरानले परमाणुस्थल निरीक्षण नगराए अहिले नै वार्ता रद्द गरिदिन्छुः डोनाल्ड ट्रम्प

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् ।

इरान पहिले नै यो शर्तमा सहमत भइसकेको भन्दै उनले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए ।पे

न्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द गरिदिन्छु ।’