|  

पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम, संकटमा  सुकुम्वासी

१० असार, काठमाडौं । स्थायी बासको पर्खाइमा रहेका सुकुम्वासीहरू हालै पाएको अस्थायी बास (होल्डिङ सेन्टर)बाट पनि निकालिने भएका छन् ।

उपत्यकाका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई पाँच दिनभित्र छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र सुविधासम्पन्न बागमती सभ्यता विकास समितिले निर्देशन दिएका हुन् ।

पाँच दिनको अल्टिमेटम दिएर सरकारले अस्थायी आश्रयबाट पनि हट्न भनेपछि विपन्न सुकुम्वासी संकटमा पर्ने भएका छन् ।

कोठाभाडा तिर्न आर्थिक क्षमता नभएका, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र धेरै सदस्य भएका परिवार बढी चिन्तामा छन् ।