|  

कीर्तिमान बनाएका रोनाल्डोले आलोचकलाई मैदानबाटै भने ‘आइ एम ब्याक’

१० असार, काठमाडौं ।  विश्वकपको पहिलो खेलमा खराब प्रदर्शनका कारण आलोचित बनेका पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोले एसियाली टोली उज्बेकिस्तानमाथि ५–० को शानदार जित दर्ता गर्दा दुई गोल गरेसँगै उनले आलोचकलाई मैदानबाटै जवाफ दिएका छन् ।

क्रिस्टियानो रोनाल्डोले टेलिभिजन क्यामेरातर्फ हेर्दै जोडदार स्वरमा चिच्याउँदै भने ‘आइ एम ब्याक ! आइएम ब्याक’ उनको यो सन्देश २०२६ विश्वकपमा आफूलाई पोर्चुगलको समस्या भन्दै आलोचना गर्नेहरूप्रति लक्षित थियो ।

उनले फुटबल विश्वकपका ६ संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेर इतिहास रचे। यो उपलब्धि मात्र होइन, उनलाई समाप्त भइसकेको खेलाडी ठान्ने आलोचकहरूका लागि उत्कृष्ट जवाफका रुपमा समेत रह्यो।