|  

तोलामा ३ हजार ६०० रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

१० असार, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।