|  

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन शाह

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।

चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन् ।

चितवनको भरतपुरमा रास्वपा महाधिवेशन जारी छ।रास्वपा महाधिवेशन नसकिँदै प्रधानमन्त्री शाह भने काठमाडौं फर्किएका हुन्। उनलाई रास्वपा वरिष्ठ नेता मनोनीत गर्ने तयारी छ।