१० असार, काठमाडाैं । कक्षा १२ को परीक्षाफलप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।
नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्। विद्यार्थीहरूले पुनर्मूल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको, प्राप्त नतिजा अपेक्षाअनुसार नआएको तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिताको अभाव रहेको भन्दै विरोध प्रदर्शन गर्न लागेका छन्। आन्दोलनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेव साहलगायत विद्यार्थीहरूले गरिरहेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत देशभरका विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन आह्वानसमेत गरेका छन्। आन्दोलनका संयोजकमध्ये एक रञ्जित कार्कीले नतिजा सार्वजनिक गर्ने प्रक्रियामा हतार गरिँदा त्रुटि भएको दाबी गरे। उनका अनुसार कतिपय विद्यार्थीले अपेक्षाभन्दा निकै फरक नतिजा पाएका छन् भने केहीलाई छात्रवृत्तिका लागि आवेदन दिनसमेत कठिनाइ भइरहेको छ।
विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूका अनुसार यो विषय केवल अंकको विवाद नभई हजारौँ विद्यार्थीको शैक्षिक भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको मुद्दा हो। आयोजकहरूले प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति प्राप्त भइसकेको बताएका छन्। कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीसँग आवश्यक समन्वयसमेत गरिएको जनाइएको छ। विद्यार्थीहरूले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। साथै अभिभावक, शिक्षक र सरोकारवाला निकायलाई पनि शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको पक्षमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar