|  

‘मिस नेपाल २०२६’का २४ फाइनलिस्ट सार्वजनिक, प्रशिक्षण चरण सुरु

१० असार, काठमाडाैं । ‘मिस नेपाल २०२६’ का लागि २४ जना प्रतियोगी फाइनल चरणमा पुगेका छन्।

आयोजक संस्था द हिडन ट्रेजरले उनीहरूको औपचारिक घोषणा (स्यास सेरेमोनी) गरेको हो। आयोजक निर्देशक प्रमोद कंशाकारका अनुसार फाइनलिस्टहरूलाई अब सघन प्रशिक्षण र व्यक्तित्व विकाससम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहभागी गराइनेछ।

यस वर्षको फाइनलिस्ट सूचीमा इशा सुवेदी, प्रनिशा खनाल, युक्ता पौडेल, अंशु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, काशिश सुब्बा, मानश्वी शर्मा, सुष्मा भण्डारी, प्रतीक्षा आचार्य, आर्या निशान्त, आयुष्मा केसी, शितांशु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगाडे, महिमा पन्त, दीपमाला ढकाल, सेजा श्रेष्ठ र रचना भट्टराईलगायत छन्