१० असार, काठमाडाैं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ ।
बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएका हुन् । त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरिएको छ । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले स्पष्ट पारे । चालु खर्च कर्मचारीको तलवलगायत वृद्धि भएका कारण बढन सक्ने उपमहानगरपालिकाको प्रक्षेपण छ ।
त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कमी रहेको पनि उपमेयर बज्राचार्यले बताए । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको हो । उपमेयर बज्राचार्यले भने,‘आगामी आर्थिक वर्षका लागि कूल बजेट ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार मात्रै विनियोजन गरेको छु । यो रकम चालू आर्थिक वर्षको हाराहारीमा रहेको छ । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च गर्नेगरी आगामी आर्थिक वर्षका लागि चालू खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरेको छु । चालु आर्थिक वर्षका लागि रु २ अर्व ९६ करोड ६४ लाख १८ हजार विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलव वृद्धि तथा प्रोत्साहनसँगै प्रशासनिक खर्च तर्फका पारिश्रमिक बृद्धि र सामाजिक सुरक्षा भत्ता लगायतका अनिवार्य दायित्वको खर्चमा हुने वृद्धि हुनेआधारमा चालु खर्च गत वर्षको तुलनामा करिव २८ करोेड बढ्ने प्रक्षेपण गरिएको छ । अर्थात यो रकम चालु आर्थिक वर्षको तुलनामा नौ प्रतिशत बढी हो । पूँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४ अर्व २३ करोड ६९ लाख २७ हजार विनियोजन गरेको छु । चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४ अर्व, ५० करोड ७७ लाख २९ हजार विनियोजन भएकोमा संघीय सरकार र प्रदेश सरकारबाट पूँजीगत शीर्षकमा कम बजेट प्राप्त भएको कारण गत वषृको भन्दा करिव २७ करोड रकम पूँजीगत खर्चमा कमी अर्थात चालु वर्षको तुलनामा ६ प्रतिशत घटी प्रश्ताव गरिएको छ । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्र कार्यक्रमका लागि चालु आवमा विनियोजन भए अनुसार आगामी आवका लागि बजेट प्रस्ताव गरिएको छ ।’
बजेट कार्यान्वयनका लागि मासिक रुपमा सम्बन्धित निकायसँग रिर्पोटिङले व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले बताए । त्यसैगरी बजेटमा निर्माणाधिन आयोजनाका लागि बजेटको सुनिश्चितता पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar