|  

तोलामा ५ हजार २ सय रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

११ असार, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार २ सय रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि २५० रुपैयाँले सस्तिएको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ ।