११ असार, काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले आफू आमा बन्न लागेको जानकारी सार्वजनिक गरेकी छन्। विवाह भएको करिब छ महिनापछि उनले पहिलो सन्तानको अपेक्षा गरिरहेकी खबर पुष्टि गरेकी हुन्।
हालै प्रदर्शनमा आएको फिल्म मा इन्टी बंगारम को सफलताको अवसरमा हैदराबादमा आयोजित कार्यक्रममा उनले आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको नयाँ अध्यायबारे खुलासा गरेकी हुन्। कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केही समयका लागि फिल्मी कामबाट विश्राम लिने संकेत पनि दिएकी छन्।
उनका अनुसार आगामी समय उनी स्वास्थ्य र परिवारलाई प्राथमिकता दिनेछिन्। उनले भनिन्, “मा इन्टी बंगारम पछि म केही समय विश्राम लिन्छु। अब मातृत्वको यात्रामा ध्यान दिन चाहन्छु। तर आफ्ना दर्शक र शुभेच्छुकबाट धेरै टाढा रहन्न, छिट्टै नयाँ परियोजनासहित फर्किनेछु।”
उनको घोषणापछि कार्यक्रममा उपस्थित दर्शक र अतिथिहरूले ताली बजाएर बधाई दिएका थिए। उनले पनि सबैको माया र समर्थनप्रति आभार व्यक्त गरेकी थिइन्।
कार्यक्रममा उनका पति राज निदिमोरू पनि उपस्थित थिए। सामन्थाले खुसीको खबर सार्वजनिक गर्दा उनी निकै उत्साहित देखिएको बताइएको छ।
पछिल्ला केही समययता सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र गतिविधिका आधारमा उनी गर्भवती भएको चर्चा चल्दै आएको थियो। अन्ततः उनले स्वयं नै उक्त खबर सार्वजनिक गरेकी हुन्।
सामन्थाको व्यक्तिगत जीवनबारे कुरा गर्दा, उनले सन् २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन्। दुवै सन् २०२१ मा अलग भएका थिए। पछि उनी र राज निदिमोरूबीचको सम्बन्धबारे विभिन्न अड्कलबाजी हुँदै आएको थियो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar