|  

भेनेजुएला भूकम्पः भग्नावशेषबाट १८ दिनको शिशुको ३२ घण्टापछि जीवितै उद्धार

१४ असार, काठमाडौं ।  भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि उद्धारकर्मीहरूले भग्नावशेषमुनिबाट एक नवजात शिशुलाई ३२ घण्टापछि जीवितै उद्धार गरेका छन् ।

उत्तरी भेनेजुएलाको ला ग्वाइरा क्षेत्रमा भत्किएको भवनको भग्नावशेषमुनि फसेका करिब १८ दिनको शिशुलाई अमेरिकी खोज तथा उद्धार टोलीले जीवितै उद्धार गरेको हो । भिडियोमा उद्धारकर्मीहरूले शिशुलाई सावधानीपूर्वक बाहिर निकालेको देखिन्छ ।

त्यसपछि ती शिशुलाई उपचारका लागि पठाइएको थियो ।शिशुको उद्धारको केही समयपछि उनकी आमालाई पनि जीवितै उद्धार गरिएको छ । भूकम्पपछि करिब ३२ घण्टासम्म भग्नावशेषमुनि रहे पनि शिशु र आमाको अवस्था स्थिर रहेको बताइएको छ ।