|  

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलो पटक विश्वकपको प्रि-क्वाटर फाइनलमा प्रवेश

१५ असार, काठमाडौं । सहआयोजक क्यानडा दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ ।

लस एन्जलसमा गएराति स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानडाले ऐतिहासिक जित हात पारेको हो । तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक समूह चरणबाट बाहिरिएको थियो । क्यानडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ ।

क्यानडा समूह ‘बी’ मा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समुह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो । अब अन्तिम १६ मा क्यानडाले मोरक्को वा नेदरल्यान्ड्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।