|  

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

१६ असार, काठमाडौं । इरानले कतारमा अमेरिकासँग वार्ता हुने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गरेको छ ।

ट्रम्पले इरानकै अनुरोधमा दोहामा बैठक बस्ने बताएका थिए । तर, इरानले कुनै वार्ता तय नभएको स्पष्ट पार्दै कतारमा रोक्का गरिएको आफ्नो कोष फुकुवा प्रक्रियाको फलोअपका लागि मात्र विशेषज्ञ टोली पठाइने जनाएको छ।