१६ असार, काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको शिवपुरी लक्जरी कोच प्रालिको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडकमै पल्टिएको हो ।
दुर्घटनामा बस चालक कैलाली, धनगढीका ४२ वर्षीय हरिसिंह महरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला र चितवनका गरी २२ जना यात्रु घाइते भएका छन् ।
घाइतेको टाउको, हात, खुट्टा, छाती र कम्मरमा चोट लागेको छ । उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar