|  

बराबरी गोलपछि मोरक्को र नेदरल्यान्ड्सको खेल अतिरिक्त समयमा

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा नेदरल्याण्ड्स र मोरक्को खेलिरहेका छन् ।

सुरुवाती अग्रता लिएको नेदरल्याण्ड्सविरुद्ध अन्तिम समयमा गोल फर्काएर मोरक्कोले खेललाई बराबरीमा ल्याएको हो । मोन्टेरी रंगशाला जारी यो खेलमा ९०ं१ मिन्टमा इस्सा डिओपले नेदरल्याण्ड्सविरुद्ध गोल फर्काएका थिए ।

त्यसअघि, ३२ को राउन्डको यो खेलको ७२औं मिनेटमा कोडी ग्याकपोले गोल गर्दै मोरक्कोविरुद्ध नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

खेल अतिरिक्त समय थपिएको छ। हाल १–१ गोलको बराबरीमा नेदरल्याण्ड्स र मोरक्को खेलिरहेका छन्।