|  

एकैदिन तोलामा ४५ सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

१६ असार, काठमाडौं ।  साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा चार हजार ५०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँ कारोबार भइरहेको छ । 

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार ९०० रुपैयाँ कायम छ । यता आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला  चार हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।