१६ असार, काठमाडाैं । आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’ मार्फत सलिना तामाङले नेपाली रजतपटमा डेब्यू गर्ने भएकी छन्।
निर्माण पक्षले उनलाई फिल्मकी मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको जनाएको छ। यसअघि नै अभिनेता मुकुन भुसाल फिल्मका मुख्य भूमिकाका लागि अनुबन्ध भइसकेका छन्। अब सलिनाले उनको अपोजिट अभिनय गर्नेछिन्। फिल्ममा अनुबन्ध भएपछि सलिनाले आफ्नो अभिनय यात्राको सुरुआतका लागि ‘कंगाल करोडपति’ उपयुक्त परियोजना भएको प्रतिक्रिया दिएकी छन्। उनले यस फिल्ममार्फत आफ्नो लामो समयदेखिको सपना पूरा हुन लागेको बताइन्।
सलिनाले अभिनयमा औपचारिक प्रशिक्षण भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ संस्थाबाट लिएकी हुन्। उनले बलिउडका अभिनेता तथा अभिनय प्रशिक्षक सौरभ सचदेवासँग अभिनय सिकेको जानकारी दिएकी छन्। सचदेव ‘एनिमल’ सहित विभिन्न चर्चित हिन्दी फिल्ममा अभिनय गरिसकेका कलाकार हुन्। ‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य, निर्माता अनिलकुमार बुढाथोकी, निर्देशक राजु श्रेष्ठ र कथाकार सुमन गजमेर रहेका छन्।निर्माण टोलीले फिल्मको अन्य कलाकार तथा छायांकन तालिकाबारे भने क्रमशः जानकारी सार्वजनिक गर्ने जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar