|  

रुकुमपूर्वमा जिप दुर्घटनाः ६ महिने शिशुसहित ५ जना घाइते

१७ असार, काठमाडौं ।  सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् ।

रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु१ज २४७० नम्बरको सफारी जिप सोमबार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।जिपमा चालकसहित ११ जना सवार थिए ।

दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् भने अन्य ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।घाइतेहरूको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार भइरहेको छ ।