|  

फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम १६ मा

१७ असार, काठमाडौं ।  फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् ।

आज बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई ३ गोलले हराउँदा गएराति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो ।

अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । यस वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या ६ पुगेको छ ।

एमबाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन् । अब फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग खेल्नेछ ।