|  

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा भारी वर्षा हुने

१८ असार, काठमाडौं ।  देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सामान्यदेखि पूर्ण बदली भएको छ ।

हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसहित देशका पहाडी भू-भागका केही स्थान तथा कोशी, मधेस र बागमतीका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

बिहीबार पनि हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनीका तराईका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै मधेस र कोशीका तराईका एक / दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।