|  

विश्वकपमा तान्त्रिकको भविष्यवाणी,अर्जेन्टिना क्वेप भर्डेसंग पराजित हुने, पोर्चुगलले ट्रफी जित्ने

१८ असार, काठमाडौं । घानाका विवादास्पद तान्त्रिक नाना क्वाकु बोन्सामले विश्वकप च्याम्पियन अर्जेन्टिना आगामी खेलबाटै बाहिरिने सनसनीपूर्ण भविष्यवाणी गरेका छन् ।

केप भर्डेसँग पराजित हुँदै अर्जेन्टिना घर फर्किने उनको दाबी छ । १२ वर्षअघि क्रिस्टियानो रोनाल्डोलाई कालो जादु गरेको बताउने यिनै तान्त्रिकले यसपटक पोर्चुगलले विश्वकप जित्ने ठोकुवा गरेका छन्।

यसअघि इङ्ल्यान्डका कप्तान ह्यारी केनलाई रोक्न जादु प्रयोग गरेको दाबी गर्दा उनी निकै चर्चामा आएका थिए ।

भौतिक मैदानमा उत्रिनुअघि नै आध्यात्मिक संसारमा नतिजा तय भइसकेको उनको जिकिर छ।