|  

इरानसँगको वार्ता सकरात्मक भएको ट्रम्पको दाबी

१८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा भएको प्रगति सकारात्मक रहेको बताएका छन् ।

हालै कतारमा भएका बैठकहरू समेत सकारात्मक रहेको उनको दाबी छ।बुधबार नर्थ डकोटाका लागि प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रम कटौती गर्ने दिशामा प्रक्रिया सही मार्गमा अघि बढिरहेको उल्लेख गरे ।

एक प्रश्नको जवाफमा ट्रम्पले दुवै पक्षबीच निकै राम्रो छलफल भएको बताउँदै भने, ‘अब अगाडि के हुन्छ, त्यो भने हेर्न बाँकी नै छ।’