|  

एकैदिन तोलामा सात हजार २०० रुपैयाँले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

१९ असार, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा सात हजार २०० रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा  १६५ ले बढेर प्रतितोला चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ ।