१९ असार, काठमाडौं। सप्तरीको राजविराजस्थित कारागार सुरक्षामा खटिएका एक प्रहरी जवान आफ्नै सहकर्मीको हतियारबाट चलेको गोली लागेर गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा उक्त घटना भएको हो।
नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका हुन्। उनी शौचालयबाट आफ्नो पोस्टतर्फ फर्किरहेको अवस्थामा सोही स्थानको पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआर राइफलबाट अचानक गोली चलेको थियो। गोली यादवको कम्मरमाथिको ढाडमा लागेको छ।
घाइते यादवलाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मेहराज घिमिरेले ड्युटीमा रहेका प्रहरी जवानले बोकेको एसएलआरबाटै अचानक गोली पड्किँदा घटना भएको जानकारी दिनुभयो। घटनालगत्तै गोली चलेको राइफल बोक्ने प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar