|  

देशभर मनसुनी वायुको प्रभावः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

२० असार, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्ण बदली तथा केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो हिमाली र पहाडी भू-भागका केही स्थान तथा तराईका एक / दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव बढी रहने अनुमान गरिएको छ । आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

यी प्रदेशका एक / दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।