२० असार, काठमाडौं । अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ ।
अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान आइपुगेका छन्।
खामेनीको कफिनमा श्रद्धाञ्जली दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, सेनाप्रमुख आसिम मुनिर, साउदी अरेबियाका उपपरराष्ट्रमन्त्री वालिद अल–खुरैजी र अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकी तेहरान पुगेका छन्।
सोही आक्रमणमा ज्यान गुमाएका खामेनीकी छोरी, बुहारी, ज्वाइँ र ३ वर्षीया नातिनीको शव पनि सँगै राखिएको छ। इरान र इराकका विभिन्न धार्मिक सहरहरू हुँदै आगामी ९ जुलाईमा खामेनीको जन्मस्थान मशहदमा अन्तिम संस्कार गरिनेछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar