|  

कर्णालीमा खसेको गाडी खोज्न सोनार क्यामरा र म्याग्नेटसहितको गोताखोर टोली परिचालन

२० असार, काठमाडौं ।  दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले विशेष उपकरणसहित थप गोताखोर टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार सदस्यीय टोली शुक्रबार घटनास्थलतर्फ पठाइएको हो। टोलीले शनिबारदेखि सोनार क्यामरा, म्याग्नेटलगायत विशेष उपकरण प्रयोग गरी नदीको गहिराइमा बेपत्ता गाडी र यात्रुको खोजी गर्नेछ।

गत बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।