|  

पप स्टार टेलर स्विफ्ट र ट्राभिस केल्सेले गरे विवाह

२१ असार, काठमाडौं । विश्वप्रसिद्ध पप स्टार टेलर स्विफ्ट र एनएफएल स्टार ट्राभिस केल्सी विवाह बन्धनमा बाधिएका छन् ।

झन्डै तीन वर्ष लामो प्रेम सम्बन्धलाई यी दुई प्रेमिल जोडीले न्युयोर्क सहरको केन्द्रमा रहेको ऐतिहासिक म्याडिसन स्क्वायर गार्डेन (एमएसजी) मा एक भव्य समारोहका बीच विवाहमा परिणत गरेका हुन् ।

४ जुलाईमा भएको यस विवाहलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘अमेरिकाको शाही विवाह’ को संज्ञा दिएका छन् ।