२१ असार, काठमाडाैं । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०/ २५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको छ ।
जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ । उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar