|  

एसियाली विकास बैंकका अध्यक्ष कान्दा काठमाडौंमा 

२२ असार, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा काठमाडौं आइपुगेका छन् ।

तीन दिने भ्रमणका लागि कान्दा उच्चस्तरीय टोलीको नेतृत्व गर्दै आइतबार राति  १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

नेपाल भ्रमणका क्रममा कान्दा नेतृत्वको टोलीले राजनीतिक भेटघाट गर्ने स्रोतले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन्।