|  

फेसबुक कमेन्टमा सांसद खुश्बु ओलीको चरित्रहत्या गर्ने ६१ वर्षीय वृद्धलाई साइबर अपराधको मुद्दा

२२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको विरुद्ध सामाजिक सञ्जालमा अश्लील गालीगलौज र चरित्रहत्या गरेको आरोपमा एक जना ६१ वर्षीय वृद्धविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ ।

काठमाडौं चन्द्रागिरि–११ सतुङ्गल बस्ने ६१ वर्षीय प्रधुमन श्रेष्ठ विरुद्ध केही दिन अघि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

सामाजिक सञ्जालमार्फत निरन्तर प्रहार, चरित्रहत्या र व्यक्तिगत मोबाइलदेखि मेसेन्जरसम्म बलात्कार तथा भौतिक आक्रमणको धम्की आएपछि सांसद ओलीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले १ असारमा श्रेष्ठलाई पक्राउ गरेको थियो ।