२२ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथि लागेको एक खेलको स्वतः निलम्बन स्थगित गरेपछि विश्वकपमा नयाँ विवाद सुरु भएको छ ।
सामान्यतः रातो कार्ड पाएपछि खेलाडीले अर्को खेल अनिवार्य रूपमा गुमाउनुपर्ने स्थापित नियम रहे पनि बालोगुन अब बेल्जियमविरुद्धको अन्तिम–१६ को महत्वपूर्ण खेल खेल्न पाउने भएका छन् । बालोगुनले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्धको समूह चरणको खेलमा रातो कार्ड पाएका थिए ।
प्रतियोगितामा तीन गोल गर्दै अमेरिकाका सर्वाधिक गोलकर्ता बनेका उनी निलम्बनका कारण नकआउट चरण गुमाउने अपेक्षा गरिएको थियो । तर फिफाले अचानक उनको निलम्बन स्थगित गरेको घोषणा गरेपछि निर्णयको निष्पक्षतामाथि व्यापक बहस सुरु भएको हो ।
फिफाले आफ्नो निर्णय अनुशासन संहिताको धारा २७ अन्तर्गत गरिएको जनाएको भए पनि निलम्बन किन स्थगित गरियो भन्नेबारे विस्तृत कारण सार्वजनिक गरेको छैन ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई बालोगुनको निलम्बन पुनरावलोकन गर्न आग्रह गरेको भन्ने समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएको छ। यद्यपि उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar