|  

कर्णालीमा यात्रुसहित बेपत्ता गाडी खोज्न सेनाले खटायो विशेष उद्धार टोली

२२ असार, काठमाडौं ।  दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीलाई तीव्र बनाउन नेपाली सेनाले गोताखोरसहित २० सदस्यीय विशेष उद्धार टोली परिचालन गरेको छ।

दुर्घटनाको पाँच दिन बितिसक्दा पनि गाडी र यात्रुको अवस्था पत्ता नलागेपछि खोजी अभियान थप सघन बनाइएको हो। यसअघि नै ७० जना सैनिक उद्धार सामग्रीसहित नदी र आसपासका क्षेत्रमा खोजीमा खटिएका छन्।

असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दैलेखको साङ्गेटाडा क्षेत्रमा सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो।