|  

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२२ असार, काठमाडौं ।   साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९०० रुपैयाँले घटेको हो।
जस अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यता आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ ।