२२ असार, काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संसदप्रति पूर्ण रूपमा उत्तरदायी भएर काम गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सरकारको १०० दिनको कार्यसम्पादनमाथि धारणा राख्दै आङ्देम्बेले संसद जनताको सर्वोच्च प्रतिनिधि संस्था भएकाले प्रधानमन्त्रीले त्यसको सम्मान गर्दै जवाफदेहिता निर्वाह गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीको सरकार संसदकै विश्वासका आधारमा सञ्चालन भइरहेको उल्लेख गर्दै संसदसँगको उत्तरदायित्वलाई कमजोर बनाउन नहुने धारणा व्यक्त गरे।आङ्देम्बेले प्रधानमन्त्रीको पछिल्लो १०० दिनको कार्यशैलीप्रति टिप्पणी गर्दै भने, “संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो। प्रधानमन्त्री स्वयं पनि यही संस्थाको सदस्य हुनुहुन्छ। सरकार संसदकै विश्वासमा टिकेको छ, त्यसैले संसदप्रति उत्तरदायी हुनु अनिवार्य छ।”
उनले प्रधानमन्त्रीलाई स्मरण गराउँदै उखानसमेत उद्धृत गरे, “धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन।”
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar