२२ असार, काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
महाधिवेशनको तयारीलाई व्यवस्थित र तीव्र बनाउने उद्देश्यसहित स्थापना गरिएको कार्यालयबाट समूहले नियमित राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ। सोही कार्यालयमा सोमबार १४ औं महाधिवेशनबाट निर्वाचित आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ। बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, प्रकाशशरण महतलगायत शीर्ष नेताहरू सहभागी छन्। समूहको सचिवालयका अनुसार खड्का पक्षसँग आबद्ध काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो। बैठकमा महाधिवेशनको रणनीति, संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाबारे विमर्श भइरहेको बताइएको छ।
गत शुक्रबार खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै नियमित बैठक सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यसको जानकारी नेता मीन विश्वकर्माले सार्वजनिक गरेका थिए। इतर समूहका नेताहरूका अनुसार सातै प्रदेशमा आयोजना गरिएका भेलाहरू सम्पन्न भइसकेका छन्। अब राष्ट्रिय स्तरको भेला आयोजना गर्ने तयारी भइरहेको छ। सोमबारको बैठकले राष्ट्रिय भेलाको मिति, कार्यक्रम र तयारीबारे औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar