२२ असार, काठमाडौं । असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन।
कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कृषि विभागका अनुसार हालसम्म देशभरि कुल धान खेतीयोग्य क्षेत्रफलको ३२.३८ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ। नेपालभर धान खेती हुने १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टरमा मात्र रोपाइँ भएको विभागको तथ्यांकले देखाएको छ। गत वर्ष यही अवधिमा भने देशभर करिब ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९ प्रतिशत रोपाइँ भएको छ। यहाँ धान खेती हुने १ लाख ५४ हजार ९ सय ५० हेक्टरमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सकिएको छ। यद्यपि, गत वर्ष यही समयमा यहाँ ८२.८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो। दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ३८ हजार ३ सय ८९ हेक्टर अर्थात् ४१ प्रतिशत क्षेत्रमा धान रोपिएको छ। कर्णाली प्रदेशमा ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टरमा रोपाइँ सम्पन्न हुँदा प्रगति ४०.५ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो।
लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ। यो गत वर्षको ५२.१ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा कम हो। बागमती प्रदेशमा पनि रोपाइँको गति सुस्त देखिएको छ। कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ३३.२ प्रतिशत हो। गत वर्ष यही अवधिमा यहाँ ५१.९ प्रतिशत रोपाइँ भइसकेको थियो। कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशत क्षेत्रमा धान रोपिएको छ। यो गत वर्षको २९.५ प्रतिशतभन्दा केही सुधारिएको अवस्था हो।
धान उत्पादनको प्रमुख आधार मानिने मधेश प्रदेशमा भने रोपाइँको अवस्था सबैभन्दा कमजोर देखिएको छ। ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर धान खेती हुने यस प्रदेशमा हालसम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको १५.६ प्रतिशत मात्रै हो। गत वर्ष यही अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष अधिकांश प्रदेशमा मनसुनको ढिलाइ, पर्याप्त वर्षाको अभाव तथा सिंचाइ समस्याका कारण धान रोपाइँ प्रभावित भएको देखिएको छ। कृषिविज्ञहरूले समयमै पर्याप्त वर्षा हुन सके उत्पादनमा नकारात्मक असर कम गर्न सकिने भए पनि रोपाइँमा भएको ढिलाइले समग्र धान उत्पादनमा चुनौती थपिएको बताएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar