२२ असार, काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्र पछिल्ला दिनमा भएका संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनसम्बन्धी विषयमा विस्तृत जानकारी गराएका छन्।
बैठकमा खड्काले आफूहरू डा. शेखर कोइरालासहित १११ जनाको समूह रहेको उल्लेख गर्दै ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्ताव आएको जानकारी दिए। उनले सातबुँदे प्रस्तावको लिखित जवाफ उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइसकेको पनि बताए। खड्काका अनुसार प्रारम्भमा शर्माले लिखित रूपमा जवाफ दिन आग्रह गरेका थिए। त्यसपछि आफूले ‘जसरी हामीलाई व्हाट्सएपमा प्रस्ताव पठाइएको थियो, त्यसैगरी टाइप गरेर दिनुस्’ भनेको र तयार गरिएको जवाफ पढेर सुनाइएको बताए। ‘उहाँले यही अन्तिम हो दाइ भन्नुभयो, मैले पनि हो भनेँ,’ भन्दै उनले बैठकमा संवादको प्रसंग सुनाए।
उनले त्यसपछि विश्वप्रकाश शर्माले उक्त विषय महामन्त्री गगन थापालाई जानकारी गराउने र आफूलाई पनि इतर समूहका नेताहरूलाई ब्रिफिङ गर्न आग्रह गरेको बताए। साथै गगन थापासँग प्रत्यक्ष छलफल गर्न पनि सुझाव दिइएको जानकारी दिए। खड्काले बैठकमा अर्को प्रसंग पनि सुनाउँदै गेटबाट बाहिरिने क्रममा विश्वप्रकाश शर्माले ‘तपाईं र शेखर दाइलाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको छ’ भनेको तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको बताए। उनका अनुसार त्यसपछि अर्को दिन बिहान ९ बजेसम्म कुनै औपचारिक जानकारी प्राप्त भएन। केही समयपछि महामन्त्री प्रदीप पौडेललाई उद्धृत गर्दै ‘शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक हुने’ भन्ने समाचार सार्वजनिक भएपछि देशभरबाट आफूलाई फोन आउन थालेको उनले बताए। ‘आफ्नो सदस्यता अद्यावधिक हुने, हाम्रो नहुने भन्ने गुनासा आए। त्यसपछि मैले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेँ र त्यसपछि फोन आउन बन्द भयो,’ खड्काको भनाइ उद्धृत गर्दै बैठकमा जानकारी गराइयो।
खड्काले संवाद जारी रहेकै बेला संवाद नभएको भनिएको भन्दै विश्वप्रकाश शर्माले आपत्ति जनाएको पनि उल्लेख गरे। त्यसलगत्तै एक अनलाइन सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै विश्वप्रकाश शर्माले पाँच जना नेतालाई सातबुँदे प्रस्ताव पठाएको समाचार प्रकाशित गरेको प्रसंग पनि उनले बैठकमा उठाए। ‘यो मेरो स्पष्टीकरण होइन, बैठकलाई जानकारी गराएको मात्र हुँ,’ भन्दै खड्काले यी सबै विषयमा विस्तृत छलफल गर्न बैठक बोलाइएको स्पष्ट पारे। उनले अब यी विषयमा थप छलफल हुने र त्यसका लागि बढीमा दुईदेखि तीन दिन लाग्न सक्ने बताए।
साथै साउन ६ गते बीपी कोइरालाको जयन्ती विशेष कार्यक्रमका साथ नयाँ शैलीमा मनाइने जानकारी पनि बैठकलाई गराएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar