|  

हर्क साम्पाङको चेतावनी: संविधान संशोधनमा सावधानी आवश्यक

२२ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनबारे भइरहेको बहसलाई अस्वाभाविक भन्न नमिल्ने बताएका छन्। तर संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने प्रयासप्रति उनले गम्भीर आपत्ति जनाएका छन्।

संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता मूलभूत विषयमा हस्तक्षेप भए देशमा अस्थिरता निम्तिन सक्ने उनको चेतावनी छ। “संविधान संशोधनबारे कुरा उठ्नु स्वाभाविक हो, तर आधारभूत संरचना चलाइयो भने देश गलत दिशातर्फ जान सक्छ,” उनले बताएका छन्। साम्पाङले आवश्यक सुधार गर्न सकिने भए पनि संविधानका मूल सिद्धान्त सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्।