|  

नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

२२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।

सोमबार अर्थमन्त्री डा.‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन्।

सीईओ चापागाईंले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ। उनको राजीनामा आजै स्वीकृत भएको छ।