२३ असार, काठमाडौं । ओमानको तट नजिक स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेको एक ट्याङ्करमा प्रक्षेप्य प्रहार भएपछि आगलागी भएको बेलायतको सेनाले जनाएको छ ।
मंगलबार बिहान भएको उक्त घटना स्ट्रेट अफ होर्मुजबाट गुज्रिरहेका जहाजमाथि भएको पछिल्लो आक्रमण हो । अमेरिका–इजरायल र इरानबिच फेब्रुअरी अन्त्यतिर युद्ध सुरु हुनुअघि विश्वभर खपत हुने झन्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने गर्थ्यो ।
तरलीकृत प्राकृतिक ग्यास एलएनजी बोकेको उक्त ट्यांकरले इरानको चेतावनी बेवास्ता गरेपछि आक्रमणमा परेको हो । तर तेहरानले घटनाको जिम्मेवारी भने प्रत्यक्ष रूपमा लिएको छैन ।
इरानले यसअघि पनि होर्मुज जलडमरूमध्यमा आफूले स्वीकृत गरेको मार्ग मात्रै सुरक्षित रहेको बताउँदै आएको छ । ओमानको तट नजिकको वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने अन्य जहाजमाथि पनि इरानले आक्रमण गरेको आशंका रहँदै आएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar