२३ असार, काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले स्थानीय तहका सुझाव र आफ्नै फिल्ड अनुभवका आधारमा गृह प्रशासन सुधारको काम अघि बढाउने बताएका छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सीमा समस्या, तस्करी नियन्त्रण र सुरक्षा व्यवस्थाका विषयमा प्रभावकारी सुधारका लागि आफू जिल्ला–जिल्लामा पुगेर अनुगमन गरिरहेको जानकारी दिए। गृहमन्त्री गुरुङले गृह प्रशासन अब कागजी प्रतिबद्धतामा सीमित नभई नागरिकले प्रत्यक्ष महसुस गर्ने सुरक्षा, सुशासन र निष्पक्षतामा केन्द्रित हुने दाबी गरे। उनले नागरिकको जिउधन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै मानव अधिकार र कानुनी राज्यको भावनाअनुसार गृह प्रशासनलाई शान्ति, विकास र समृद्धिको आधारका रूपमा अघि बढाउने बताए।
यस्तै, जाजरकोट, रुकुम पश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा क्षतिग्रस्त निजी आवास र सरकारी संरचनाको पुनर्निर्माणका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गरिएको उनले जानकारी दिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar