|  

तोलामा ९ सय रुपैयाँ घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२४ असार, काठमाडौं ।  साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेको हो। जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँ रहेको चाँदी बुधबार प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो।