|  

सभापति थापा जुन बाटोमा जानु भएको छ, त्यो बाटोबाट फर्कन गाह्रो छःपूर्णबहादुर खड्का

२५ असार, काठमाडौं । नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधर नेता पूर्णबहादुर खड्काले पार्टी सभापतिका कारण कांग्रेस विभाजन हुने बताएका छन् ।

काठमाडौंको बुधबार चुनदेवीमा बसेको बैठकलाई सम्बोधन गर्दै खड्काले आफूहरूले हदैसम्मको लचकता अपनाएको बताए । अब सभापतिले एकता नचाहे मात्र पार्टी विभाजन हुने उनको भनाइ छ ।

‘उहाँहरूको कुरामा मैले विश्वास गर्न सकिनँ । हामीसँग भेट्दा सबै ठीकठाक जस्तो देखिन्छ । बाहिर निस्किसकेपछि के–के बोल्नुहुन्छ पत्याउनै गाह्रो हुन्छ,’ खड्काले भने ।

मिलाउन चाहेको दिन पार्टीको आन्तरिक विवाद क्षणभरमै मिल्ने पनि उनको दाबी छ । सभापति गगन थापा अहिले हिँडेको बाटोबाट फर्कन गाह्रो हुने पनि उनको भनाइ छ । खड्काले भने, “जुन बाटोमा जानु भएको छ, त्यो बाटोबाट फर्कन गाह्रो छ ।”