२६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमबीच खेल हुँदैछ ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको सोफी स्टेडियममा नेपाली समयअनुसार राति पौने १ बजे खेल सुरु हुनेछ ।अहिलेसम्म अपराजित रहेको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ । बेल्जियम स्पेनलाई हराउँदै सेमिफाइनल पुग्ने योजनामा छ ।
स्पेन यस विश्वकपमा हालसम्म अपराजित रहँदै एक गोल पनि नखाएको टोली हो । बेल्जियम पनि उत्कृष्ट लयमा छ । अमेरिकालाई अन्तिम १६ को खेलमा ४–१ ले पराजित गर्दै क्वार्टरफाइनल पुगेको बेल्जियमले लगातार १८ खेलमा हार बेहोरेको छैन ।
आजको खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले दुवै टोलीका लागि आजको खेल विश्वकप उपाधि यात्राका लागि महत्वपूर्ण छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar