|  

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ? 

२६ असार, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा  दुई हजार ७०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा १७० ले बढेर प्रतितोला चार हजार ५१०  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।