२६ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रयासको घटनालाई लिएर संघीय सरकारमाथि लगाइएका आरोपको प्रतिवाद गर्दै उक्त घटना स्थानीय सरकारद्वारा लागू गरिएको नियम कार्यान्वयनका क्रममा भएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै गृहमन्त्री गुरुङले घटनास्थलमा लागू गरिएको व्यवस्थाको जिम्मेवारी स्थानीय तहसँग सम्बन्धित रहेको उल्लेख गरे। उनले ट्राफिक प्रहरीले सवारीसाधनमा ‘ह्वील लक’ गरेको भन्ने दाबी समेत अस्वीकार गर्दै त्यसको कुनै प्रमाण वा भिडियो देखाउन विपक्षी दललाई चुनौती दिए। आफ्नो सम्बोधनका क्रममा केहीबेर भावुक बनेका गुरुङले नेपालमा संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेको स्मरण गराउँदै सरकार सञ्चालनको संरचनाबारे विपक्षी दललाई बुझ्न आग्रह गरे। उनले भने, “जुन स्थानमा घटना भयो, त्यहाँ ट्राफिक प्रहरीले ह्वील लक गरेको होइन। यदि गरेको हो भने त्यसको भिडियो देखाउनुस्। म विपक्षी साथीहरूलाई सोध्न चाहन्छु—त्यो स्थानीय सरकार कसको नेतृत्वमा छ? प्रदेश सरकार कसको छ? दुई तहका सरकार तपाईंहरूसँग छन्। कानुन पनि तपाईंहरूले नै बनाएको हो, हामीले त त्यही कानुन कार्यान्वयन गरेका हौं।”
गृहमन्त्री गुरुङले संघीय सरकारले प्रचलित कानुन र स्थानीय तहका नियमको पालना गर्दै काम गरेको दाबी गर्दै घटनालाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाउन पनि आग्रह गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar